कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला हिंसा भएको भिडियोबारे अनुसन्धान गर्न गृहले बनायो पाँच सदस्यीय छानबिन समिति

काठमाडौं — केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ ।

महिला हिंसा भएको भिडियोबारे अनुसन्धान गर्न गृहले बनायो पाँच सदस्यीय छानबिन समिति

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्। समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?