कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा

काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एकजना नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले  नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा

गृहसचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले बैशाख २१ मा सशस्त्रका पौडेल र बैशाख २३ गते नेपाल प्रहरीका लामालाई एआईजीमा सिफारिस गरेको थियो ।

बढुवा भएका लामाले उमेर हदका कारण केही दिनमा नै अवकाश पाउने छन् । सशस्त्रका पौडेलले भने हालका महानिरिक्षक राजु अर्यालपछि सशस्त्र प्रहरीको नेतृत्व गर्ने एकल दाबेदार बनेका छन् । सशस्त्रमा दुई एआईजी पद रहेकोमा सरकारले पौडेलको मात्रै एकल बढूवा गरेको हो ।

यसैबीच नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामालाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शुक्रबार नै दर्ज्यानी चिन्ह लगाइदिएका छन् । उनी जेठ ८ बाट अवाकाश पाउँदै छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×