कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थप ४ प्रस्तावित राजदूत अनुमोदित

काठमाडौँ — संसद्को सुनुवाइ समितिले राजदूतमा सिफारिस थप ४ जनाको नाम अनुमोदन गरेको छ । समितिको बिहीबार बिहान र बेलुकी बसेको बैठकले प्रस्तावित राजदूतहरू साउदी अरेबियाका लागि नवराज सुवेदी, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, कतारका लागि नरेशविक्रम ढकाल र दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल (भण्डारी) लाई सुनुवाइ गर्दै अनुमोदन गरेको हो ।

सरकारले २० मुलुकका लागि राजदूत प्रस्ताव गरेकामा मंगलबार, बुधबार र बिहीबार गरी १० जना अनुमोदित भएका छन् । मंगलबार चीन र दक्षिण अफ्रिका तथा बुधबार रुस, स्पेन, मलेसिया र इजरायलका लागि प्रस्तावित राजदूतहरू अनुमोदित भएका थिए ।

बाँकी रहेका १० जनाको संसदीय सुनुवाइ हरेक दिन बिहान दुई जना र बेलुकी दुई जनाका दरले गर्ने संसदीय समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । संसदीय समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदूतको नाम एग्रिमो (स्वीकृति) का लागि सम्बन्धित मुलुकमा पठाइन्छ । स्वीकृति आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई राजदूतमा नियुक्ति गर्नेछिन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?