१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

काठमाडौँ — संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन् । उनीहरुलाई सरकारले एक महिनाअघि नै राजदूतमा सिफारिस गरेको थियो । सरकारले २० जनालाई राजदूतमा सिफारिस गरेकोमा ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ ।

समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको र हरेक दिन बिहान दुई जना र बेलुकी दुई जना गरी सुनुवाइ गर्ने कार्यक्रम रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले कान्तिपुरलाई जानकारी दिए ।

प्रस्तावित राजदूतको नाम संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति) को लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?