कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति शर्मा र इजरायली राजदूत गोडरबीच भेटवार्ता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा र इजरायलका लागि नेपाली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा बुधबार उनीहरूको भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मा र इजरायली राजदूत गोडरबीच भेटवार्ता

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले दिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रकाशित : जेष्ठ ४, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?