कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकियो, कहाँ कुन दलको पोजिसन कस्तो ?

काठमाडौँ — देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ । 

७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकियो, कहाँ कुन दलको पोजिसन कस्तो ?

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् ।

गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् । कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?