कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ ११ स्थानीय तहको अन्तिम परिणाम, कहाँ कसले जिते ?

काठमाडौँ — देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । शनिबार अपरान्हसम्म ११ वटा स्थानीय तहको परिणाम आएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जितेका छन् । 

यस्तो छ ११ स्थानीय तहको अन्तिम परिणाम, कहाँ कसले जिते ?

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र कांग्रेससहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ ।

अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासो गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो । त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए ।

निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ८ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ४, कांग्रेस ३ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

शनिबार पौने चार बजेको परिणामअनुसार नेपाली कांग्रेसले १८७ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १६६ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६९, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् ।

नेकपा एसले जितेका स्थानीय तह

डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना [निर्विरोध]

डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ [निर्विरोध]

एमालेले जितेका स्थानीय तह

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ [निर्विरोध]

मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले

मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा

मुस्ताङको लो-घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ


कांग्रेसले जितेका स्थानीय तह

मनाङको नासो गाउँपालिकामा धनबहादुर गुरुङ

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा

मुस्ताङको घरपझोङ गाउँपालिकामा मोहन सिंह लालचन

माओवादी केन्द्रले जितेका स्थानीय तह

डोल्पाको जगदुल्ला गाउँपालिकामा तारासिं रोकाय

प्रकाशित : वैशाख ३१, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?