जिरी नगरपालिका -१ मा कांग्रेसका पासाङ विजयी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिरी नगरपालिका -१ मा कांग्रेसका पासाङ विजयी

कान्तिपुर संवाददाता

दोलखा — दोलखाको जिरी नगरपालिका–१ मा नेपाली कांग्रेसका पासाङ शेर्पा विजयी भएका छन्  । ४ सय २८ मत पाई शेर्पा विजयी भएका हुन् । 

उनका निकटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका साङगे शेर्पाले ३ सय ५६ मत प्राप्त गरे ।


प्रकाशित : वैशाख ३१, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्ज उपमहानगरमा मतगणना सुरु 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयको हलमा मतगणना सुरु भएको हो । शनिबार बिहान ८ बजेबाट गणना सुरु हुने भनिए पनि घण्टौंपछि सुरु भएको हो । 

मतगणना स्थलमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन भएका छन् । मतगणना भइरहेको स्थानमा जाली लगाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । ‘नेपालगन्जको मतगणना सुरु भइसकेको छ, मतगणना स्थलमा जाली लगाएर मतगणना गरिरहेका छौं,’ उनले भने । मतगणना स्थल भेरी प्राविधिक शिक्षालयको मुलगेट भन्दाबाहिर ठूलो संख्यामा सर्वसाधारणको भिड छ । नेपालगन्जको २३ नम्बर वडाबाट मत गणना थालिएको छ । जिल्लाका अन्य पालिकामा पनि मत गणना भइरहेको छ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×