कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशैभरी चुनावी झडप, गोली लागी २ घाइते 

३७ स्थानमा झडप, १८ स्थानमा हवाई फायर, २ ठाउँमा गोली प्रहार, बाजुरामा अश्रुग्यास प्रहार 

काठमाडौँ — देशभर ३७ स्थानमा झडपका घटनाहरु भएका छन् । कान्तिपुरका जिल्ला संवाददाताबाट संकलित विवरण अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले १६ स्थानमा हवाई फायर गरेको देखिन्छ भने गोरखाको भिमसेन थापा गाउँपालिका र उदयपुरको कटारीमाा प्रहरीले गोली प्रहार गर्‍यो । जसमा दुई जना घाइते भएका छन् ।

देशैभरी चुनावी झडप, गोली लागी २ घाइते 

धनुषाको सहिदनगर १ मा भने प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा रबरको गोली प्रहार गरेको देखिन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । निर्वाचन अनुगमनपछि आयोगले पत्रकार समेलन नै गरेर यस्तो बताएको हो । सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृतरुपमा शान्तिपूर्ण हुन नसकेको बताए । आयोगका ४५ टोलीले ७७ जिल्लाको निर्वाचनको अनुगमन गरेको थियो । केही जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित भएको आयोगले बताएको छ । बाजुराका विभिन्न स्थानमा भने चुनावी झडप नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपालियाले भने सप्तरी बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरुमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरु भएको बताए । उनले देशभर ३२ वटा केन्द्रमा दुई पक्षीय झडप र विवादका कारण मतदान स्थगित भएको बताए ।

१) दोलखा, बैतेश्वरमा झडप, १३ राउन्ड हवाई फायर

२) गोरखाको घ्याल्चोकमा झडपपछि १ राउन्ड हवाई फायर

३) हुम्लाको चंखेलीमा स्वतन्त्र र माओवादी उम्मेदवारबीच झडप । स्थिति नियन्त्रणमा लिन सशस्त्रले चलायो ८ राउन्ड हवाई फायर

४) रामेछापको खाडादेवी १ राकाथुममा झडप ३ राउन्ड हवाई फायर

५) ओखलढुंगाको चम्पादेवी ९ मिश्रभन्ज्याङ, हवाई फायर । एमाले र कांग्रेसबीच झडप

६) सर्लाही, धनकौल, त्रिपक्षीय झडप, १ दर्जनभन्दा बढी हवाई फायर, कांग्रेस, एमाले र माओवादीबीच झडप ।

७) सर्लाहीको कौडेनामा ६ वटा हवाई फायर

८) सर्लाही चक्रघट्टा गापा १ शिवनगरमा १ राउन्ड हवाई फायर । जसपा र माओवादीबीच झडप ।

९) बाजुराको बुढीनन्दा नपा, हवाई फायर

१०) रामेछापको मन्थली नगरपालिका १२, सिक्राल २ राउन्ड हवाई फायर ।

११) हुम्लाको अदानचुलीमा झडप, ५ राउन्ड हवाई फायर

१२) अछामको साफेवगरमा झडप, ३ राउन्ड हवाई फायर

१३) धनुषाको सहिदनगर नगरपालिकामा १ राउन्ड रबरको गोली

१४) काभ्रेको तेमाल गाउँपालिका ७ मा भुमेश्वर माविमा मतदान केन्द्रमा विवाद । १ राउन्ड हवाई फायर

१५) पर्साको मिर्जापुरमा ४ राउन्ड हवाई फायर । सत्ता गठबन्धन र एमालेबीच झडप ।

१६) गोर्खाको भिमसेन थापा गाउँपालिका । कांग्रेस माओवादी झडप । गोली चल्दा एक घाइते ।

१७) दार्चुला शैल्यशिखर नपा ६ मा एमाले र कांग्रेसबीच झडप । ५ राउन्ड हवाई फायर ।

१८) सप्तरीको रुपनी गाउँपालिका बीसपिट्टीमा ५ राउन्ड हवाई फायर

प्रकाशित : वैशाख ३०, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?