कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भैरहवामा निगमको ‘न्यारोबडी’ले पहिलो व्यावसायिक उडान गर्ने

सुरज कुँवर

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट पहिलो व्यावसायिक उडान गर्ने भएको छ । 

भैरहवामा निगमको ‘न्यारोबडी’ले पहिलो व्यावसायिक उडान गर्ने

नेपाल वायुसेवा निगमका उपनिर्देशक रमेश पौडेलका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवा विमानस्थलको उद्घाटन गर्ने भएका छन् । विमानस्थलमा निगमले काठमाडौंबाट भैरहवाका लागि आफ्नो न्यारोबडी विमानबाट पहिलो व्यावसायिक उडान गराउन लागेको हो ।

‘सोमबार बुद्ध जयन्तीका दिन निगमको न्यारोबडी विमान काठमाडौंबाट बिहान ६ बजे उड्ने छ,’ पौडेलले भने, ‘भैरहवाबाट ८ बजे काठमाडौं फर्किने छ ।’ उक्त उडानका लागि निगमले बिहीबार साँझदेखि टिकट बिक्री खुला गरिसकेको छ ।

निगमको मोबाइल एपबाट भैरहवाको टिकट ४५ सय रुपैयाँमा बिक्रीमा राखिएको छ । बिजनेस श्रेणीको टिकटदर ७ हजार रुपैयाँ राखिएको छ भने उद्घाटन उडानमा जाने यात्रुले मोबाइल एपबाट वा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सक्ने छन् । निगमको १ सय ५८ सिट क्षमताको जहाजलाई एकतर्फी २७ मिनेट समय लाग्ने बताइएको छ ।

यसअघि जेठ १४ गते निगमकै वाइडबडी विमानले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमन्स्ट्रेसन उडान गरेको थियो । सन् १९५८ जुलाई ४ मा पहिलोपटक उडान सुरु भएको भैरहवास्थित गौतम बुद्ध आन्तरिक विमानस्थललाई करिब साढे ७ अर्ब रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।

७ वर्ष लगाई हालै निर्माण सम्पन्न गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि राजधानी बाहिरको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

प्रकाशित : वैशाख २९, २०७९ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×