कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाक्टर प्रीति सगरमाथाको चुचुरोमा

काठमाडौँ — कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि काठमाडौंकी ३० वर्षीया चिकित्सकले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेकी छन् । 

डाक्टर प्रीति सगरमाथाको चुचुरोमा

उनको आरोहण दलको व्यवस्थापन गर्ने हिमालयन सेफर्ड इको टुरिजमका प्रबन्ध निर्देशक पेम्बा दोर्जे शेर्पाका अनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल अफिसर पदमा कार्यरत अर्घाखाँचीकी प्रीति भुषालले बिहान साढे ८ बजे सगरमाथा चुचुरोमा पाइला राखेकी थिइन् । शेर्पाले सगरमाथा आरोहण गर्ने प्रिति पहिलो नेपाली महिला चिकित्सक भएको दाबी गरेका छन् ।

सगरमाथा आधार शिविरमा रहेका शेर्पाले बिहीबार करिब ९० जनाले सगरमाथामा सफल आरोहण गरेको जानकारी दिए । चिकित्सक प्रीतिको आरोहण दलमा रहेका छिरिङ जाङ्बु शेर्पालगायत ५ जना थिए । ती सबैले आरोहण सकेको शेर्पाले बताए ।

‘कोभिड महामारीका बेला फ्रन्टलाइनर चिकित्सक, नर्स, फर्मासिस्ट, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायतको योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्दै छु,’ आरोहणका लागि आधार शिविरमा जाँदै गर्दा उनले वैशाख पहिलो साता भनेकी थिइन् ।

बंगलादेशको राजधानी ढाकाबाट एमबीबीएस अध्ययन गरेकी भुषालले आफ्नो आरोहण अभियानले जलवायु परिवर्तनको असर र उच्च हिमाली भेगमा बढ्दै गइरहेको प्रदूषणबारे पनि जागरण गराउने बताएकी थिइन् ।

प्रकाशित : वैशाख २९, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?