कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

जनतालाई गाली र धम्की देखाएरमात्र चुनाव जितिँदैन : एमाले नेता भुसाल

अमृता अनमोल

बुटवल — नेकपा एमाले नेता घनश्याम भुसालले जनतालाई गाली गरेर, डर, त्रास र धम्की देखाएरमात्र चुनाव नजितिने बताएका छन् । गठबन्धन दलका नेताप्रति इंगित गर्दै उनले चुनाव जित्न गालीको साटो जनताको मन जित्न सुझाव दिए । 

जनतालाई गाली र धम्की देखाएरमात्र चुनाव जितिँदैन : एमाले नेता भुसाल

‘चुनाव जित्न जनताको मन जित्नुपर्छ । दु:खमा साथ दिनुपर्छ,’ बुटवलमा आइतबार आयोजित चुनावी भेलामा उनले भने, ‘त्यो काम एमालेले गरेको छ ।’ नेता भुसालले गठबन्धनका नाममा नागरिकका हक अधिकार कुण्ठित गर्ने दललाई साथ नदिन पनि आग्रह गरे ।

नेता भुसालले सारा शक्ति अर्कोतिर लागे पनि एमालेलाई हराउन नसक्ने दाबी गरे । ‘हामीसित जित्न सक्ने दम छ, शक्ति छ । यही दम र शक्ति दुनियाँले थाह पाओस् भनेर यहाँ आएका हौं,’उनले भने ।

कांग्रेस एजेन्डाविहीन पार्टी भएको बताउँदै आफ्ना एजेन्डा नभएकाले अरु वामपन्थी पक्षधरलाई पछाडि लगाएर हिँडेको उनले बताए । लामो समय शासन सत्तामा बसेको कांग्रेसले देखाउने गरी एउटै काम नगरेको उनले बताए । ‘कांग्रेसले र उसले अगुवाइ गरेको गठबन्धनले अब जिते पनि केही गर्दैन । त्यस्तालाई भोट नदिनुस्,’ उनले भने । नेता भुसालले एमालेले विकास र समृद्धिको पक्षमा असाधारण काम गरेको दाबी गर्दै थप विकासका लागि अब पनि एमालेलाई जिताउनु पर्ने बताए । उनले चुनाव राजनीतिक दलका लागि 'धर्मयुद्ध' भएकोले जनताले एमालेलाई न्याय गर्ने विश्वास व्यक्त गरे । अहिलेको चुनाव शान्ति, उन्नती र एकताको पक्ष र विपक्षको भएको बताउFदै बेथिति र विकृति अन्त्य गर्न एमालेलाई जिताउन नेता भुसालले आग्रह गरे ।

प्रकाशित : वैशाख २५, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?