कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ — सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते अपरान्ह ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस

सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।

प्रकाशित : वैशाख २५, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?