म सोझो, लचिलो र त्यागी छु, मजाकमा भनेको होइन : दाहाल - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म सोझो, लचिलो र त्यागी छु, मजाकमा भनेको होइन : दाहाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सोझो, लचिलो र त्यागी भएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने आफू मजाकमा त्यस्तो नभएको बताए ।

‘म सोझो पनि र लचिलो र त्यागी पनि छु । मजाकमा भनेको होइन,’ दाहालले भने, ‘त्यो राम्रोसँग हेर्नु भयो भने त्याग पनि देख्नुहुन्छ, लचकता देख्नुहुन्छ ।’ उनले थपे ‘अस्थिरता एक तर्फबाट, अर्कोतर्फ हेर्दा गतिशील नेता हो । अहिलेसम्म जे गरेका थियौ त्यसमा मलाई गर्व छ ।’

उनले सुरुमा कांग्रेस र माओवादीबीच पहिले गठबन्धन भए पनि एकले अर्कोलाई मत नदिएको अवस्थाको कारण वाम गठबन्धन भएको बताएका छन् । ‘पहिले पनि मा‌ओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो । तर त्यो भरतपुर र मधेसमा राम्रोसँग भएन,’ उनले भने, ‘त्यसपछि वामपन्थीबीच गठबन्धन गर्दा स्थायित्व दिन्छ कि भनेर त्यसतर्फ लागेका थियौं । तर त्यो सफल भएका छन् । ’

उनले केपी शर्मा ओलीलाई ठूलो समर्थनसहित नायकको रुपमा लान खोजिए पनि खलनायक परेकोले त्यसलाई पूरा गर्न नसकेको थियो । ‘एकता भएको दुई साताबाट जालझेल षड्यन्त्र देखि केही । धोका भयो बेइमानी भयो । षडयन्त्र भयो । जनता र कार्यकर्तालाई कसरी सम्झाउने होला कि भनेर दुई साताबाट सुरु भएको थियो’ दाहालले भने ।


प्रकाशित : वैशाख २३, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

माधवजी र मेरो रिसले ओलीले संसद्‍ विघटन गरे : दाहाल

'ओलीसँग एकता गरेको २ हप्तामै खलनायकको फेला परियो भन्ने लागेको थियो'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल र आफ्नो रिसले गर्दा केपी ओलीले संसद्‍ विघटन गरेको बताएका छन् । तत्कालीन माओवादी र एमालेबीच एकता भएको दुई सातामै केपी ओलीको जालझेल आफूहरूले महसुस गरेको उनले बताए ।

पाँच दलीय सत्ता गठबन्धनद्वारा शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

'मैले र माधवजीले एकताको दुई सातामै उहाँको जालझेल र षड्यन्त्र देख्न थालिसकेका थियौं । दुई हप्तामै धोका र षड्यन्त्रकारीको फेला परियो भन्ने लागेको थियो । नायक भनेको खलनायकको फेला परियो भन्ने लागेको थियो । बराबरी अध्यक्ष भनिएको थियो । तर म चाहिँ अलि सोझो नै छु । धेरै लचिलो पनि छु । अलि धेरै त्यागी पनि छु । गहिरो गरी हेर्नुभयो भने प्रचण्डमा लचिलो र त्यागी देखिन्छ,' अध्यक्ष दाहालले भनेका छन् ।

आफूहरूले ठूलो समर्थनमा केपी ओलीलाई नायकको रुपमा अघि सारे पनि षड्यन्त्र र जालझेल र विश्वासघात षड्यन्त्रकारी भन्दा केही नदेखिएको बताए । यद्यपि यो संघर्षको दौरानमा आफू र माधव नेपाल असफल नभएको बताए ।

साथै केपी ओलीले आफू र माधव नेपालसँगको रिसले गर्दा संसद्‍ विघटन गरेको बताए । पार्टीमा आफू अल्पमतमा परेपछि ओलीले संसद्‍ विघटन गरेको उनले बताए । 'हामीले उहाँलाई कारबाही गरेका थियौं । नमानेपछि पार्टीबाट निकालेका थियौं । हामी सफल भएपछि संसद् विघटन गरियो, हाम्रो रिसले । ठीक त्यो परिस्थितिमा नयाँ गठबन्धन बनेको हो । लोकतन्त्रवादी र वामपन्थीको गठबन्धन आवश्यक रहेछ भनेर अगाडि बढ्यौं,' दाहालले भने ।

प्रकाशित : वैशाख २३, २०७९ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×