कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टी मनाउन राहुल गान्धी काठमाडौंमा

काठमाडौँ — भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।

छुट्टी मनाउन राहुल गान्धी काठमाडौंमा

उनी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो ।

उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कनेछन् ।

यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।

प्रकाशित : वैशाख १९, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?