कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनेपा नगर प्रमुखले दिए राजीनामा

नगेन्द्र अधिकारी

काभ्रे — बनेपा नगरप्रमुख लक्ष्मी नरसिं वादेले पदबाट राजीनामा दिएका छन् । शनिबार राजीनामा घोषणा गरेका नगरप्रमुख वादेले नगर उपप्रमुख रेखा सापकोटा दाहाललाई सोमबार राजीनामा बुझाएका हुन् । नगरप्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा बुझाएमा उक्त पद रिक्त हुने संविधानमा व्यवस्था छ । 

एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकूलप्रसाद बाँस्कोटा र नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले आफूसँग सल्लाहसमेत नगरी स्थानीय तहको निर्वाचनको टिकट वितरणको विषयमा अन्तिम समयमा धोका दिएकाले वादेले नगर प्रमुख पदबाट राजीनामा दिने निर्णयमा पुगेको शनिबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए ।

एमाले बनेपाको ११ वर्ष नेतृत्व गरेका उनले नगर प्रमुख र पार्टीको साधारण सदस्यतासमेत त्याग गरेको बताएका छन् ।

एमालेले नगर कमिटी अध्यक्ष रञ्जितकारलाई नगरप्रमुख र उपप्रमुखमा अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?