कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक नियुक्तिको विषयमा निर्णय गर्नका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार दिउँसो ११ बजे बैठक बस्न लागेको हो ।

प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै

आइतबार बिहानै प्रहरी महानिरीक्षक क्षत्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर फर्किएका छन् । क्षत्री ३० वर्षे सेवा अवधिका कारण भोलिबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

सम्बन्धित समाचार
दुवै महानिरीक्षक अवकाशमा जाँदै, प्रहरीमा वरिष्ठता मिचेर बढुवा गर्न चलखेल

उनीहरूसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । उनीहरूका लागि दुवै प्रहरी मुख्यालयमा आइतबार अपराह्न बिदाइ कार्यक्रम राखिएको छ ।

प्रकाशित : वैशाख १८, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×