२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

राप्रपा, नेपालका उपाध्यक्ष पौडेलद्वारा पार्टी परित्याग

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले अध्यक्ष कमल थापालाई राजीनामा पत्र पठाउँदै पार्टी परित्याग गरेका हुन् । 

राप्रपा, नेपालका उपाध्यक्ष पौडेलद्वारा पार्टी परित्याग

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि पार्टी विभाजन भएको थियो । कमल थापाको अध्यक्षतामा राप्रपा, नेपाल गठन हुँदा पौडेल उपाध्यक्ष बनेका थिए ।

उनी राप्रपा नेपालको आर्थिक विभाग प्रमुख पनि थिए । राजीनामा पत्रमा उनले उपाध्यक्ष, आर्थिक विभाग प्रमुख र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राप्रपा, नेपालले राजतन्त्र पुनःस्थापनाको एजेन्डा छोडेपछि उपाध्यक्ष पौडेल असन्तुष्ट रहेको बताइएको छ । त्यस्तै, स्थानीय तह निर्वाचनमा एमालेसँग सहकार्य गर्ने अध्यक्ष थापाको सहमतिप्रति पनि उनी असहमत बताइएको छ ।

पौडेल यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए ।

प्रकाशित : वैशाख १५, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?