राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ — सरकारले गरेको राजदूत सिफारिस संसदीय सुनुवाई प्रक्रियामा प्रवेश गरेको अवस्थामा सर्वोच्चामा रिट दायर भएको हाे । सिफारिस समावेशी नभएको भन्दै अधिवक्ताहरु मोहना अन्सारी शेलेन्द्र प्रसाद अम्बेडकर, रक्षाराम हरिजन, यमकुमारी दलेल र रौतहटका राहुलकुमार रजकले रिट हालेका हुन् ।

राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चमा रिट

संसदीय सुनुवाई समितिले सिफारिस भएकाहरू विरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । २० जना सिफारिस भएका थिए । बैशाख १२ गते सुनुवाइका लागि पेसी ताेकिएकाे छ । संसदीय सुनुवाई समितिले यसअघि राजदूत सिफारिसमा समावेशी, समानुपातिकका साथै कूटनीतिमा चाहिने याेग्यतालाई आधार मान्न सरकारलाई बारम्बार सुझाव र निर्देशन दिएको थियाे । तर सरकारले त्यसलाई कुनै सम्बाेधन गरेको थिएन ।

प्रकाशित : वैशाख ९, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?