कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा, सहमतिपत्रमा हस्ताक्षरको तयारी

प्रकाश धौलाकोटी

काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् ।

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा, सहमतिपत्रमा हस्ताक्षरको तयारी

उनका अनुसार अन्तिम सहमति पत्रमा केहीबेरपछि हस्ताक्षर हुँदैछ । 'सिट बाँडफाँटमा सहमति भयो, अब हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्छौं,' उनले भने ।

६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भने बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो । भागबन्डा मिलाउन दलहरुबीच बालुवाटारमा छुट्टाछुट्टै छलफलसमेत भएको थियो ।

प्रकाशित : वैशाख ७, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×