कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

दुई वायुको प्रभावले वाग्मती प्रदेशलगायत स्थानमा वर्षा

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले वाग्मती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा केही दिन हल्का वर्षा हुने प्रक्षेपण गरेको छ । ती प्रदेशका पहाडी जिल्लाहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षा हुने महाशाखाकी मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।

दुई वायुको प्रभावले वाग्मती प्रदेशलगायत स्थानमा वर्षा

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । उक्त वायुको प्रभावले काठमाडौं उपत्यकालगायत पहाडी भू-भागमा हल्का वर्षा भइरहेको मौसमविद् शाक्यले बताइन् ।

विभागले देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको उल्लेख गर्दै गर्मीका कारण हुन सक्‍ने असरबाट बच्‍न पनि आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

२०७९ वैशाख ०७ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ०८ गते (बिहीबार)
दिउँसो
: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ०९ गते (शुक्रबार)
दिउँसो
: देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : वैशाख ७, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?