२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

सशस्त्रको एआईजीमा अर्याल सिफारिस

काठमाडौँ — सरकारले सशस्त्र प्रहरीको भावी महानिरीक्षक (आईजीपी) टुंगो लगाउँदै रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई बढुवा सिफारिस गरेको छ । 

सशस्त्रको एआईजीमा अर्याल सिफारिस

गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी सदस्य सचिव रहेको बढुवा समितिले आइतबार अर्याललाई एआईजीमा सिफारिस गरेको हो । पुष्पराम केसी आईजीपीमा बढुवा भएपछि एक एआईजी पद रिक्त थियो । केसी यही वैशाख १८ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।

गएको चैत २८ मा महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण अवकाशमा गएपछि वरिष्ठ एआईजी केसीलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो ।

त्यसपछि रिक्त एआईजीका लागि आइतबार बढुवा सिफारिसमा परेका अर्याल सशस्त्रको १२ ‍‌औं‌ महानिरीक्षकमा बढुवा हुने निश्चित भएको हो । एआईजी बढुवाका लागि डिआईजीहरु नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए ।

अर्याल २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । अर्यालले २०५८ सालमा सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण गरेका थिए ।


प्रकाशित : वैशाख ४, २०७९ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?