कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्याङ्जा जिप दुर्घटना : सात महिने शिशुसहित ५ जना मृतकको सनाखत

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

स्याङ्जा जिप दुर्घटना : सात महिने शिशुसहित ५ जना मृतकको सनाखत

दुर्घटनामा सात महिनाका गौरव सारु, उनकी आमा २५ वर्षीया शर्मिला सारु, ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । उनका अनुसार जिपमा सवार ११ जनामध्ये ६ जना घाइते भएका छन् ।

यस्तै घाइते हुनेमा अन्दाजी ६० वर्षीय अंगबहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र ६० वर्षीया दलबहादुर थापा रहेका छन् ।

मृत्तक र घाइते सबै जना डाँडाखर्क गाउँका हुन् । दलबहादुर, मायाकुमारी, लक्ष्मी र अंगबहादुर (चार जना)को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चारै जनालाई छाती र टाउकोमा बढी चोट लागेको छ । प्राथमिक स्वास्थ्य चौकी वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको हो ।

यस्तै, नविना र योगेन्द्रको अवस्था मध्यम रहेको छ । उनीहरुको प्राथमिक स्वास्थ्य चौकी वालिङमै उपचार भइरहेको इन्सपेक्टर थापाले बताए । दलबहादुर जिप चालक हुन् ।

आइतबार बिहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । जिप के कारणले दुर्घटना भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ४, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?