कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दै

काठमाडौँ — सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका आधार र मापदण्डबारे छलफल हुने नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दै

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । त्यही समझदारीअनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनेका छन् ।

केन्द्रीय संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे शनिबारसम्म केन्द्रमा प्रतिवेदन बुझाउन प्रदेश संयन्त्रहरूलाई निर्देशन गरेको थियो । तर, धेरैजसो प्रदेशमा तालमेलबारे अन्योलको अवस्था छ । संयन्त्रले आइतबार छलफल गर्ने र त्यसको निष्कर्ष सोमबार बस्ने गठबन्धनको बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । उम्मेदवारको मनोनयनका लागि एक सातामात्रै बाँकी हुँदासम्म पनि गठबन्धन दलहरूले सीट बाँडफाँटकै टुंगो लगाउन सकेका छैनन् ।

प्रकाशित : वैशाख ४, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×