कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

स्याङ्जामा जीप दुर्घटना, एक बालकसहित ५ जनाको मृत्यु*

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाकाे मृत्यु भएको छ । जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिएका छन् । वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए ।

स्याङ्जामा जीप दुर्घटना, एक बालकसहित ५ जनाको मृत्यु*

उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ ।

ग १ ज ७३९९ नम्बरको जीप अन्दाजी सय मिटर तल खसेको हो मेयर खाँणले बताए । यस्तै जीप चालक तथा यात्रुहरुको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।

थप विवरण प्राप्त हुँदै छ ।

*सच्याइएको : यसअघि प्रकाशित समाचारमा असावधानीवश मृतकको संख्या ७ उल्लेख हुन गएकोमा त्यसलाई सच्याइएको छ । यसबाट पठाकवर्गलाई पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।
-सम्पादक

प्रकाशित : वैशाख ४, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?