कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते शनिबार दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित : वैशाख २, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्

टेनिस टोली भारत जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — आईटीएफ वर्ल्ड जुनियर टेनिस कम्पिटिसन (डब्लूजेटीसी) को फाइनल क्वालिफाइङमा नेपालका तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

वैशाख ५ देखि १० सम्म भारतको नयाँ दिल्लीमा हुने यू–१४ उमेर समूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा रामेश्वर थापा छन् । चार सदस्यीय नेपाली लनटेनिस टोली शनिबार त्यसतर्फ जाने छ ।

टिम स्पर्धामा खेल हुनेछ । दुई सिंगल्स र एक डबल्समा खेलाइने छ । गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेस्रो हुँदै नेपालले यो प्रतियोगितामा भाग लिन पाएको हो ।

प्रकाशित : वैशाख २, २०७९ २२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×