२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

२०७८ सालमा ७४ वटा प्रेस स्वतन्त्रता हनन्‌का घटना

काठमाडौँ — बितेको एक वर्षमा ७४ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्‌का घटना भएका छन् । नेपाल पत्रकार महासंघको अभिलेखीकरणअनुसार २०७८ साल को वैशाखदेखि चैत्र मसान्तसम्म ७४ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटना भएका हुन् ।

२०७८ सालमा ७४ वटा प्रेस स्वतन्त्रता हनन्‌का घटना

महासंघका महासचिव रोशन पुरीले बिहीबार नयाँ वर्षसमेतको शुभकामना ज्ञापन गर्दै विसं २०७८ साल नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण बनेको बताए । उनले श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा कमी आउन नसकेको बताए ।

महासंघका अनुसार पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् ।

यो वर्ष महासंघमा २ सय २१ वटा पत्रकारको श्रम समस्या देखा परेको महासंघले जनाएको छ । अघिल्लो वर्ष ५ सय १७ जना श्रम समस्या दर्ता भएका थिए । तीमध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएको महासचिव पुरीले जानकारी दिए । हाल ३३ वटा मुद्दामा न्यायिक लडाईं चलिरहेको महासंघले जनाएको छ ।

महासंघको तथ्यांकअनुसार कोभिड १९ को महामारीमा परी २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । तीमध्ये १८ जनाले ०७८ सालमा ज्यान गुमाएका हुन् ।

प्रकाशित : वैशाख १, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?