कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाठकको संयोजकत्वमा विवेकशील साझाको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ — विवेकशील साझा पार्टीले प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा स्थानीय तहको निर्वाचन परिचालन समिति गठन गरेको छ । 

पाठकको संयोजकत्वमा विवेकशील साझाको निर्वाचन परिचालन समिति गठन

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य छन् ।

समितिका अन्तर्गत विभिन्न उपसमिति पनि गठन गरेको छ । पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्नेछ। प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : वैशाख १, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×