कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूत क्वात्राको बिदाइ भेट

काठमाडौँ — भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिदाइ भेटवार्ता थालेका छन् ।

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूत क्वात्राको बिदाइ भेट

उनलाई राजदूत कार्यकाल नसकिँदै भारत सरकारले एक साताअघि विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।

क्वात्राले मंगलबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबारमा पुगेर बिदाइ भेट गरे । परराष्ट्र मन्त्रालयले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन क्वात्राको योगदान स्मरणीय रहने जनाएको छ । साथै, परराष्ट्र मन्त्रालयले भारतको विदेश सचिव नियुक्त भएकोमा क्वात्रालाई बधाइ तथा शुभकामना पनि दिएको छ ।

नेपालस्थित भारतीय राजदूतावास स्रोतका अनुसार दुई महिनाभित्र नै भारत सरकारले नयाँ राजदूत नेपालका लागि नियुक्त गर्ने छ । तर राजदूतको रुपमा कसलाई पठाउने अझै टुंगो लागेको छैन ।

प्रकाशित : चैत्र २९, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?