कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

उम्मेदवार तय गर्न अझै केही समय लाग्छ : कांग्रेस प्रवक्ता

काठमाडौँ — कांग्रेसको एक महिने 'घर घर जाऔं, कांग्रेस जिताऔ‍ं' भन्ने अभियान सफल भएको प्रवक्ता प्रकाशशरण महतले दाबी गरेका छन् । फागुन २९ बाट चैत २९ गतेसम्म संचालित चुनावी अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु घरघर पुगेर जनतालाई कांग्रेसले पछिल्लो समय गरेका सकारात्मक कामका बारेमा जानकारी दिइएको पनि उनले बताए । 

उम्मेदवार तय गर्न अझै केही समय लाग्छ : कांग्रेस प्रवक्ता

उनले सो घरघर कार्यक्रममा ओली सरकारका पालामा भएका बेथिति र भ्रष्टाचारदेखि एमसीसीका बारेमा पनि जनमानसमा रहेका भ्रमहरु चिर्ने काम भएको बताए ।

उनले स्थानीय तहका उम्मेदवार तय गर्न अझै केही समय लाग्ने पनि पत्रकार सम्मेलनमा बताएका थिए । उनले भने– ‘टिकटको तय गर्न केही समय लागेको छ । प्राविधिक कठिनाइहरु छन् । र, गठबन्धन, तालमेलका पनि कुराहरु छन् । ती टुंगो लगाउने कुराहरु जटिल नै छन् । केही समय लागेको छ । त्यसमा पनि चाँडै नै हामीले कहाँ-कहाँ कसरी तालमेल गरेउ भन्ने कुरा थाहा पाउनुहुनेछ । स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कुरा नै हो । निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको छ त्यहीअनुसार हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा धेरै सिट संख्या रहेकाले शीर्ष नेताहरु बसेर तालमेलको टुंगो लगाउन समय लागेको उनको भनाइ छ । 'हामी त्यसलाई चाँडै टुंग्याउँछौं अनि जानकारी दिने छौं । स्थानीय आवश्यकता र परिस्थितिअनुसार तालमेल गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ । सोहीअनुसार नै निर्णय हुन्छ,' उनले भने ।


प्रकाशित : चैत्र २९, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?