२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगद्वारा नेकपा(एस)लाई स्पष्टीकरण

काठमाडौँ — निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा(एस)ले स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगद्वारा नेकपा(एस)लाई स्पष्टीकरण

शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा(एस)ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेपछि ३ दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र काटेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको पत्र काट्दै प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न भनेको छ ।

यसैबीच, स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्‍न भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तै, निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ ।

प्रकाशित : चैत्र २८, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?