कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

त्रिभुवन विमानस्थलबाट गोलीसहित युवती पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलबाट गोलीसहित युवती पक्राउ

प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका लागि कारबाहीका लागि नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट ती युवती मलेसिया जाने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'तनहुँ साविक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल परिवर्तित भानु न.पा.वडा ७ स्थायी वतन भएकी वर्ष २७ की सोबिता नेपालीले लिई आएको घ्यू रंगको लेडिज हाते ब्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ X-ray ‘A’ मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनीपर्स भित्र KF 13 5.56 लेखिएको गोली राउण्ड- १ (एक) फेला परेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको ।'

प्रकाशित : चैत्र २८, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×