१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

पेट्रोलियम पदार्थको क्षेत्रका समस्या समाधान खोज्छौं : मन्त्री बडू

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् । 

पेट्रोलियम पदार्थको क्षेत्रका समस्या समाधान खोज्छौं : मन्त्री बडू

पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोकमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकाले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।

उद्योगी, व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको भन्दै मन्त्री बडूले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आस्वस्त पानुपर्ने आग्रह गरे ।

मन्त्री बडूलाई नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्स एसोसियसनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र तिनको समाधानका लागि संयुक्त रुपमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : चैत्र २७, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?