कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार छनौटको मापदण्ड तय गर्न लाेसपाका केन्द्रीय नेता जिल्ला खटिए

काठमाडौँ — लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह चुनावका लागि पालिका र वडास्तरबाट उम्मेदवार चयन गर्ने मोडालिटी तय गर्ने केन्द्रीय नेताहरु पठाएर जिल्ला जिल्लामा छलफल सुरु गरेकाे छ । स्थानीय तहबाट आएका सुझाव समेतलाई आधार बनाएर स्थानीयस्तरमा उम्मेदवार छनौट गरिने नेताहरुले बताएका छन् ।

उम्मेदवार छनौटको मापदण्ड तय गर्न लाेसपाका केन्द्रीय नेता जिल्ला खटिए

लोसपाका केन्द्रीय सदस्य केशव झाका अनुसार केन्द्रबाट गएका नेताहरुले पर्यवेक्षक भएर जिल्लामा बैठकहरु गरिरहेका छन् । नेता झाले बिहीबार रौतहटको गौर नगरपालिकामा भएको बैठकलाई सम्बोधन गर्दै अघिल्लो पटक जितेर पनि राम्रो काम गर्न नसकेका जनप्रतिनिधिलाई फेरि उम्मेदवारको रुपमा सिफारिस नगर्न आग्रह गरेका छन् ।

'स्थानीय तहमा केन्द्र स्तरबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकोले स्थानीय तहमै यहाँहरु आवश्यकता र औचित्यको आधारमा चुनाव जित्ने गरि गठबन्धन गर्नुहोस्' उनले भने,'उम्मेदवार चयन गर्दा अघिल्लो पटक जितेका जनप्रतिनिधिहरुको राम्रो पर्फरमेन्स छैन र भ्रस्टाचारमा लिप्त छन भने रिपिट नगर्नुहोस् ।'

उनले लोसपा मिसनमा रहेको पार्टी भएकाले लागि राजनीतिक मुद्दा र विकास निर्माणका कुरा दुवै महत्वपूर्ण छन्।

प्रकाशित : चैत्र २४, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?