कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

सक्रिय संक्रमित ७६५ मा झर्‍यो, २४ घण्टामा १३ जनामा संक्रमण पुष्टि

काठमाडौँ — नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बुधबार ७६५ मा झरेको छ । पछिल्लो पटक ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएपछि झन्डै १ लाख सक्रिय संक्रमित पुगेका थिए । 

सक्रिय संक्रमित ७६५ मा झर्‍यो, २४ घण्टामा १३ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी तथ्यांकअनुसार ४ हजार ८०७ परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३५८ पीसीआरमा १० र १ हजार ४४९ एन्टिजेन परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टायता ५७ निको भएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या भने ५६ हजार ५२७ रहेको छ ।

प्रकाशित : चैत्र २३, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?