कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमा ५ हजार लागूऔषध प्रयोगकर्ता उपचाररत

काठमाडौँ — हाल नेपालमा लागूऔषध प्रयोग गर्नेमध्ये ५ हजार जना ‘रिह्याब सेन्टर’मा उपचाररत रहेको गृह मन्त्रालयले जनाएको छ । लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना सार्वजनिक गर्दै गृहले लागूऔषध प्रयोग गर्नेमध्ये ५ हजार जना उपचाररत रहेको र १ हजार जनाले मौखिक उपचार पद्धतिबाट सेवा लिइरहेको जनाएको हो ।

नेपालमा ५ हजार लागूऔषध प्रयोगकर्ता उपचाररत

गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार स्वीकृत गरेको उक्त सार्वजनिक गुरुयोजना बुधाबार सार्वजनिक गरिएको हो । गुरुयोजनाका अनुसार नेपालमा कुल १ लाख ३० हजार ४२४ जनाले लागूऔषध प्रयोग गर्दै आएको र तीमध्ये ८ हजार ३ सय ७२ महिला रहेका छन् ।

लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको गुरुयोजनामा उल्लेख गरिएको छ । कुल आपराधिक घटनामध्ये लागूऔषधसम्बन्धी अपराधमा ९ प्रतिशत प्रयोगकर्ताहरू संलग्न रहेको गुरुयोजनामा बताइएको छ । यसैगरी आव ०७७/७८ मा ४ हजार ६ सय २६ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् भने ३ हजार १३ जनामाथि मुद्दा दायर गरिएको छ‚ जसमध्ये १ सय ४७ जना विदेशी नागरिक रहेका छन् ।

त्यस्तै लागूऔषध कारोबार हुने मुख्य पाँच जिल्लामा काठमाडौं‚ रुपन्देही‚ कास्की‚ कैलाली र पर्सा रहेका छन् ।

प्रकाशित : चैत्र २३, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?