कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

राखेप सदस्य सचिवबाट नहटाउन माग राख्दै सिलवालले दायर गरेको रिट खारेज

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवबाट सरकारले कानुनविपरीत हटाएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो । 

राखेप सदस्य सचिवबाट नहटाउन माग राख्दै सिलवालले दायर गरेको रिट खारेज

सरकारले कात्तिक १ गते सिलवाललाई राखेपको सदस्य सचिवबाट बर्खास्त गरेको थियो । सरकारले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै सरकारले उनलाई बर्खास्त गरेको थियो । त्यसरी बर्खास्त गर्नु कानुनविपरीत भएको भन्दै सिलवाल सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो ।

सिलवाललाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

प्रकाशित : चैत्र २२, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?