अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/satta-0542022062659-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
'हामीले अर्थतन्त्रमा सिर्जित समस्याहरु समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेपछि उहाँले विज्ञहरुसँग परामर्श गरी अगाडि बढ्ने बताउनुभएको छ,' पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालले भने ।
यसैगरी बैठकले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् ।
बैठकमा चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।
प्रकाशित : चैत्र २२, २०७८ ११:४८