कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
सत्ता गठबन्धन बैठक

अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्  ।

अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

'हामीले अर्थतन्त्रमा सिर्जित समस्याहरु समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेपछि उहाँले विज्ञहरुसँग परामर्श गरी अगाडि बढ्ने बताउनुभएको छ,' पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालले भने ।

यसैगरी बैठकले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् ।

बैठकमा चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

प्रकाशित : चैत्र २२, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?