कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

सरिता श्रेष्ठ

धादिङ — धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका हुन् । उनी नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको सदस्यसमेत थिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि माओवादी छाडेर एमालेमा फर्किएका हुन् ।

डल्लाकोटीलाई एमालेमा स्वागत गर्न एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एमाले नेता पुष्प कँडेललगायत पनि बालकोट पुगेका थिए ।

प्रकाशित : चैत्र २१, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?