१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्री देउवाद्वारा भारतसमक्ष थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए ।

प्रधानमन्त्री देउवाद्वारा भारतसमक्ष थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग

‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं । महेन्द्रगन्ज, नेपालगन्ज र जनकपुरबाट माग गरेका छौं । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि आग्रह गरेका छौं,’ देउवाले भने ।

प्रकाशित : चैत्र १९, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?