कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

दिनभर चरम यातना खेपेका बालकको उद्धार

रमेशचन्द्र अधिकारी

धनकुटा — आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन) को बिहीबार राति उद्धार गरिएको छ । उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८ बजे उद्धार गरिएको हो । 

दिनभर चरम यातना खेपेका बालकको उद्धार

पैसा चोरीको आरोपमा नीजकै हजुरबुबाले मादक पदार्थ सेवन गरी नातिलाई खाबोमा बाँधेर चरम यातना दिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारीपछि हिले प्रहरी चौकीबाट टोली परिचालन गरिएको थियो । घटनास्थलमा प्रहरी हवल्दार गणेश थापा मगर सहितको टोली पुगेको थियो । हात खुट्टा बाँधेर यातना दिइरहेको अवस्थामा प्रहरीले बालकको उद्दार गरेको हवल्दार थापा मगरले जनाए ।

बालकलाई प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । चोरीको आरोपमा बालकलाई हजुरबुवा र आफन्तले चरम यातना दिएका हुन् ।

प्रहरीले हजुरबुबालाई चेतावनी दिँदै बालकको उद्धार गरेको हो । हजुरबुबा र आफन्तले बिहीबार बिहानदेखि साँझसम्म खम्बामा बाँधेर यातना दिएका थिए । बालकको नातामा हजुरआमा पर्ने चित्रमायाका अनुसार बाँधेर सिस्नु पानी र दाउराले कुटपिट गर्दा मुखबाट समेत रगत बगेको थियो । छरछिमेकसमेत उद्धार गर्नुको सट्टा रमितेमात्र बनेका थिए ।

प्रकाशित : चैत्र १७, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×