२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गठबन्धनमा कुनै दुविधा छैन, हामी मिलेरै जान्छौं : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् ।

गठबन्धनमा कुनै दुविधा छैन, हामी मिलेरै जान्छौं : दाहाल

काठमाडौंमा बिहीबार आयोजित रिपोर्टस् क्लबको २४ औा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका हुन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरु प्रष्ट रहेको बताए । ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका छौं । अब निर्वाचन अगाडि छ । गठबन्धन चाहिँ हामी गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौं । नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिब, करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं । आउने निर्वाचनलाई हामीले शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई, राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्नेतिर नै हाम्रो छ ।’ उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको पनि बताए ।

अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताए । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए । उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए । उनले भने– ‘अहिले तरलताको अभाव, विज्ञान, प्रविधिको प्रयोग गरेर हुने गरेका थुप्रै खालका विचलनहरु त्यसको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थितिमा आएको हेरफेरको प्रभाव, हाम्रै नीतिमा कमि, कमजोरीका कारणले पैदा भएका समस्याको प्रभाव, यो सबै प्रभावहरुको गम्भीर आत्मसमीक्षा गरेर नेपालको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट जोगाउने दायित्व हामी राजनीतिक नेतृत्व र सबै निजी, सार्वजनिक क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको, संघसंस्थाहरुको दायित्व हुन आएको छ । यस विषयमा हामीले गम्भीर चर्चा गठबन्धन भित्र पनि गर्‍यौं । मैले प्रधानमन्त्रीजीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समीक्षा गर्न जरुरी छ र एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमति पनि भएको छ । हामी छिट्टै त्यस्तो बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । गम्भीर रुपले छलफल गरिएन र यसलाई नियन्त्रण गर्ने उपायहरु अबलम्वन गरिएन भने भोलि अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने साँचो कुरा हो । राजनीतिक गठबन्धनको तर्फबाट मैले भन्नुपर्दा त्यो समस्याको समाधान गर्ने पहल सुरु भइसकेको छ । उपाय निकाल्छौं र यो स्थितिलाई हामी सम्हाल्छौं ।’

उनले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भूमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको पनि बताए

प्रकाशित : चैत्र १७, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?