कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

तीन जना डीआईजी एआईजीमा बढुवा

काठमाडौँ — सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।

तीन जना डीआईजी एआईजीमा बढुवा

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै चैत १३ तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोक सेवा आयोगको ‘उजुरी सुन्ने’ समितिमा निवेदन दिएका थिए । लोकसेवाको उजुरी सुन्ने समितिले सिफारिसमा कुनै त्रुटि नदेखिएको भन्दै निष्कर्ष निकालेको थियो ।

यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

यसैगरी सरकारले यौन हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने गर्ने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र १७, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?