कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एक्लै जित्ने ठाउँमा गठबन्धन नगर्ने केन्द्रीय सदस्यहरुको मत छ : कांग्रेस प्रवक्ता महत 

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

एक्लै जित्ने ठाउँमा गठबन्धन नगर्ने केन्द्रीय सदस्यहरुको मत छ : कांग्रेस प्रवक्ता महत 

शुक्रबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् ।

बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धनबिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनी केन्द्रीय सदस्यहरुले मत राखिरहेको बताए । प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबर्जस्त निर्णय लाद्न खोजेको भनी गलत प्रचार गरिएको बताए ।

उनले पार्टी सभापतिले जर्बजस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताए । स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई बेवास्ता गरेर माथिबाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे ।

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाबारे रिपोर्टिङ गरिरहेको उनले बताए ।

प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए । पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाव लिएरै निर्णय गरेको उनले दाबी गरे ।

प्रकाशित : चैत्र ११, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×