२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कान्तिपुरकर्मी राई र बानुलाई सञ्चारिका समानता पुरस्कार प्रदान

काठमाडौँ — सञ्चारिका समूह नेपालले गत वर्षको 'सञ्चारिका समानता पुरस्कार' कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ । समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार पुरस्कार प्रदान गरे । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानुले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

कान्तिपुरकर्मी राई र बानुलाई सञ्चारिका समानता पुरस्कार प्रदान

२०७७ भदौ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित उक्त फिचर कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण अस्पताल पुग्न नसक्दा ज्यान गुमाउन बाध्य गर्भवती तथा सुत्केरी महिलाका विषयमा केन्द्रित थियो ।

समूहले यस क्रममा रुकुमबाट पत्रकारिता गर्दै आएकी पत्रकार हिरा परियारलाई ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरेको छ । समूहले उक्त विधामा अघिल्लो वर्षको पनि पुरस्कार प्रदान गरेको छ । ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गरको हो

यस्तै मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’बाट सम्मानित भएका छन् । यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छन् ।

यस्तै ‘सञ्चारिका समानता पुरस्कार २०७६’ भने मुना कुँवरलाई प्रदान गरेको छ । समूहको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित : चैत्र ११, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?