कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

महिला हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाबाटै  सहयोग भएन : मन्त्री रेग्मी

काठमाडौँ — महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उच्च ओहोदामा पुगेका महिलाहरूबाटै महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सहयोग नभएको गुनासो पोखेकी छन् । ‘महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका लागि मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै समय दिनुभएन । दुई-चार जना महिलामात्रै उच्च ओहोदामा पुगेका छौँ । तर, उच्च ओहोदामा पुगेका महिलाले पनि महिलाका मुद्दालाई खास महत्त्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्,’ उनले भनिन् । 

महिला हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाबाटै  सहयोग भएन : मन्त्री रेग्मी

बिहीबार काठमाडौंमा भएको ‘यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल’ मा बोल्दै मन्त्री रेग्मीले महिलामाथि हुने यौनजन्य लगायत हिंसा अन्त्यका लागि सरकारले छुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

‘हत्या, हिंसा र बलात्कार धेरै भयो, असमान, विभेदपूर्ण कानुनहरू छन्,’ उनले भनिन्, ‘महिलामैत्री कानुन निर्माणमा सघाउने गरी औपचारिक संयन्त्रको आवश्यकता देखिएको छ, त्यसका लागि मैले भूमिका खेल्छु ।’ उनले महिलाका समस्या समाधानका लागि के कस्तो प्रयास गर्न सकिन्छ भनेर सल्लाह र सुझाव दिन सम्बन्धित संघसंस्थाहरूलाई आग्रह समेत गरिन् ।

मन्त्री रेग्मीले मन्त्रालयलाई सरकारले बजेट नै कम दिने गरेकाले काम गर्न नसकेको भन्दै त्यसका लागि समेत आफूले पहल गरिरहेको बताइन् ।

‘महिलाहरूको सवालमा एउटा पनि सम्पर्क केन्द्र नभएकाले महिलाको समस्या समयमै सम्बोधन हुन सकेको छैन,’ उनले भनिन्, ‘कम्तीमा चार जना कर्मचारी राखेरै भए पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्पर्क बनाउनुपर्छ,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १०, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?