२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

चुनावबारे चन्दको पार्टीमा विवाद

काठमाडौँ — नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चुनावलाई उपयोग गर्ने–नगर्नेबारे मत विभाजन भएको छ । कपिलवस्तुमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव चन्दले चुनाव उपयोग गरेर जाने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि विवाद भएको हो ।

चुनावबारे चन्दको पार्टीमा विवाद

चन्दको प्रतिवेदनमाथि वरिष्ठ नेता हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलाले फरक मत राखेका एक केन्द्रीय सदस्यले बताए । चुनावलाई उपयोग गर्नु पार्टी संसदीय प्रणालीलाई यही अवस्थामा स्वीकार गर्नु रहेको भन्दै उनीहरूले जनसंघर्षमा जोड दिएका ती केन्द्रीय सदस्यले बताए ।

पार्टीको केन्द्रीय सचिवालयमा रहेका ५ जनामध्ये चन्द, खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढाले चुनावलाई उपयोग गरी जनपक्षीय काम गर्न सकिने तर्क गरेका छन् । मंगलबारसम्म ६८ केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखे पनि करिब ३० जनाले चुनाव बहिष्कारको नीति लिनुपर्नेमा जोड दिएका छन् । ‘संसदीय भासमा गए पार्टी बिग्रिन्छ भन्ने नेताहरूको बहुमत छ,’ ती केन्द्रीय सदस्यले भने ।

चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले चुनावमा भाग लिने नीति पारित भए अन्य दलसँग तालमेल गरी अघि बढ्नुपर्नेछ । नेकपाले जनमत संग्रहमार्फत संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको थियो । केपी शर्मा ओली सरकारसँग चन्दले शान्तिपूर्ण राजनीति अँगाल्ने सम्झौता गरेका थिए ।

प्रकाशित : चैत्र ९, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?