निजी स्कुलले सामाजिक विभेद निम्तियो : शिक्षाविद् कोइराला


काठमाडौँ — शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी शिक्षाको विकास तथा विस्तारसँगै सामाजिक विभेद आएको बताएका छन् । निजी शिक्षा ज्यादै महँगो भएकाले पनि समाज विभक्त हुँदै गएको उनले बताए ।

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिटको दोस्रो सत्र 'निजी शिक्षाको नाफा घाटा' विषयक अन्तरक्रिया कार्यक्रममा उनले निजी शिक्षाको विस्तारले निजी शिक्षा सीमित हुनेखाने वर्गमा मात्र लक्षित भएको बताएका हुन् ।
कम आय भएका ग्रामिण भेगमा नागरिक शिक्षाबाट वञ्चित रहने अवस्था रहेको उनले बताए । निजी स्कुलहरू नाफामुखी भएकै कारणले सरकारी स्कुलको असफल बन्दै गएको उनले आरोप लगाए ।
प्रकाशित : चैत्र ७, २०७८ १३:५७