नाफामुखी भएर शैक्षिक संस्था सञ्चालन गर्नु हुँदैन : शिक्षाविद् कोइराला

काठमाडौँ — शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शैक्षिक संस्था सञ्चालन गर्नेहरूले नाफाभन्दा सेवामा ध्यान दिन जरुरी भएको बताएका छन् । भन्नका लागि सेवा भन्ने तर नाफामुखी हुँदा शैक्षिक प्रणाली नै बिग्रिएको भन्दै शिक्षाविद् कोइरालाले सबैले नाफाभन्दा सेवामा ध्यान दिन जरुरी रहेको बताएका हुन् ।

सोमबार कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित एजुकेसन समिटको दोस्रो सत्रको 'निजी शिक्षाको नाफा र घाटा' विषयमा सरकारी विद्यालयमा राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी नेताहरूको बाहुल्य भएको र शैक्षिक संस्थामा कसैले गल्ती गर्दा पनि राजनीतिक ढाकछोपले गर्दा उन्मुक्ति पाउने अवस्था रहेको उनले बताए ।
राजनीतिक दलहरूले शैक्षिक संस्थामा प्रत्यक्ष रुपमा ढाकछोप गर्ने प्रवृत्ति नत्यागेसम्म शैक्षिक उन्नती हुन नसक्ने शिक्षाविद् कोइरालाले जनाए ।
प्रकाशित : चैत्र ७, २०७८ १३:५४